‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ मंसिर । सिक्किमका कवि सिमयोन सुकिता राईको ‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन भएको छ ।किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन भएको हो । कवितासंग्रहलाई कवि राईसँगै कवि विप्लभ प्रतीक, पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारीले संयुक्त रुपमा विमोचन गरेका हुन् । कवितासंग्रहलाई कथालय इन्कको वी रिडले प्रकाशन गरेको हो । नयाँ पुस्ताले साहित्य र सिर्जना नबिर्सिउन् भन्ने उद्देश्यले सुरु गरेको पोएट आइडलबाट सिमयोन जस्ता नयाँ पुस्ता आउँदा निकै राम्रो भएको भन्दै निर्देशक अधिकारीले खुसी व्यक्त गरे ।

संग्रहमाथि निर्देशक अधिकारीले कवि राई र कवि प्रतीक छोटो विमर्श गरे । विमर्शमा सबैले पोएट आइडलको यात्रा र अनुभवहरुलाई समेत स्मरण गरे ।
पोएट आइडल जस्ता मञ्चबाट नाम र पहिचान पाएको सुनाउँदै कवि राईले अधिकारीप्रति आभार व्यक्त गरे । ‘पोएट आइडलबाट मैले नाम र परिचय पाएको छु’, उनले भने, ‘यसभन्दा अघि आफ्नो मर्जीमा कविता लेखेको थिए“ । कविता भयो या भएन, त्यो पनि हामीलाई थाहा थिएन । पोएट आइडलमा एउटा विषयमा कविता लेख्न च्यालेन्ज थियो । त्यसमा हामीले सिक्न पायौं ।’ कविता लेख्ने मात्र होइन, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे पनि थोरै समयमा सिक्न अवसर पाएको राईले सुनाए । नौ वटा धारहरुमा विभाजित रहेको संग्रहमा जीवनका भोगाइहरु, सिक्कमको संस्कृति, रहनसहन, परिवेशलाई समेटिएको कवि राईले सुनाए ।
लेखनमा हरेक लेखकको अनुभव, आञ्चलिकता भएपनि सिर्जनामा लेखकहरु संवेनशील हुनुपर्ने बताउँदै प्रतीकले त्यसमा सिकाई र सोचाई दुवै हुनुपर्ने कवि प्रतीकले बताए ।
प्रतीकले सिर्जनामा सीमितता नहुने सुनाउँदै यो विश्वव्यापी रुपमा जानुपर्ने धारणा राखे । कार्यक्रममा कवि राईले ‘आमाको हाँसो’ शीर्षकको कविता समेत वाचन गरेर सुनाए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...