स्रष्टालाई बालवाङ्मय सम्मान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ मंसिर । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान गरेको छ । शनिबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा ‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान–२०८२’बाट कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिएको छ ।

त्यस्तै, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार–२०८१’बाट ‘बालापनका धर्साहरु’ पुस्तकका लागि आर्या त्रिपाठी, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान २०८२’बाट चित्रकार देवेन्द्र पाण्डे ‘देवेन’ र ‘जयहिरा बालबाङ्मय किश्वर आख्यान पुरस्कार–२०८१ बाट पुस्तक ‘कालग्रन्थ’का लागि रोशन पोखरेल सम्मानित भएका छन् ।
सम्मानित सबैलाई नगद तथा सम्मान प्रदान गरे ।
‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान’, ‘राकुपा बालबाङ्मय बाल पुस्तक पुरस्कार’, ‘केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान’ र ‘जयहिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार’ क्रमशः सर्जकहरु प्रमोध प्रधान, रामकुमार पा“डे, केके कर्माचार्य र सिर्जना शर्माले स्थापना गरेका हुन् ।
कार्यक्रममा ज्ञानवृक्ष पब्लिकेशनले प्रकाशित गरेको संयुक्त बालकथा संग्रह ‘मनसा’ समेत सार्वजनिक गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...