‘क्यानभास अफ लेटर्स’ सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ मंसिर । महेश बाबु तिमल्सिनाको कवितासंग्रह ‘क्यानभास अफ लेटर्स’ पुस्तक सार्वजनिक भएको छ । यात्रा पब्लिसिङ हाउसबाट प्रकाशित पुस्तकलाई किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राका अवसरमा बिहीबार लेखक तिमल्सिना, प्राध्यापक डा.जयराज आचार्य, पत्रकार टिकाराम यात्री, कवि विप्लभ प्रतीकलगायतकाले संयुक्त रुपमा विमोचन गरेका हुन् । कवितासंग्रहलाइ लेखक तिमल्सिनाका छोरा सम्राटबाबु तिमल्सिनाले अंग्रेजीमा अनुवाद गरेका छन् ।

प्राध्यापक डा. आचार्यले ‘अमर कृति मुनामदनलाई एआईले लेख्न सक्छ कि सक्दैन ?’ भन्ने प्रश्न गर्दै पछिल्लो प्रविधि रोबर्ट र आईको प्रसंग निकाल्दै साहित्य सिर्जनाप्रति चिन्ता र चासो व्यक्त गरे ।

कवि प्रतीक अधिकांश सन्तानलाई पिता नायक जस्तो लाग्छ भन्दै आफ्नो पितालाई स्मरण गरे । सन्तानले पितालाई गर्नुपर्ने सम्मान, स्नेह विरलैले व्यक्त गर्न पाउने उनले बताए । पत्रकार यात्रीले जनविश्वास गुमाउ“दै गएको आजको पत्रकारिता पेशाप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा लेखक तिमल्सिना र उनका छोराले नेपाली र अंग्रजी कविताहरु समेत प्रस्तुत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...