कन्टेन्ट क्रियसनको प्रभाव, संस्कृतिदेखि सार्वजनिक संवादसम्म

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ मंसिर । किताब यात्रा फाउण्डेशनद्वारा आयोजित किताब जात्रामा ‘कन्टेन्ट क्रिएसनको प्रभाव: संस्कृतिदेखि सार्वजनिक संवादसम्म’ शीर्षक सत्रमा वक्ता सञ्चारकर्मीहरु सञ्जय सिलवाल, उत्सव रसाइली र सम्पदा लिम्बूले डिजिटल कन्टेन्ट क्रिएसन, यसको भविश्य, कस्तो कन्टेन्ट सिर्जना गर्नेदेखि कन्टेन्ट क्रिएसनमा निभाउनुपर्ने जिम्मेवारीबारे बहस गरे । सत्रका सहजकर्ताका रुपमा अनिल केशरी शाहले गरेका थिए ।
पत्रकारिताबाट कन्टेन्ट क्रियटर बनेका सबै बक्ताले इमान्दारीता नै अबकाे भविष्य भएकाे बताए ।

सञ्जय गुप्ता सिलवालले जेन जी मोभमेन्टमा कन्टेन्ट क्रियटर पात्र चयनमा कहिँ कतै चुकेको महशुष गरेको बताए । उनले किताव कम पढेपनि मानिस धेरै पढेकाे बताउँदै अबकाे चुनाव सामाजिक सञ्जालले नै निर्धारण गर्ने पनि दावी गरे ।
उनले अबको डिजिट युगमा मिडिया एउटा सीमित बक्सभित्रबाट बाहिर निस्कनुपर्ने बताए । त्यस्तै्, सञ्चारकर्मी लिम्बूले समाज परिवर्तनमा मिडियाले सकारात्मक र नकारात्मक भूमिका खल्ने बताउ“दै यसबाट समाजमा मानिसको मानसिकता समेत सेट हुने सुनाइन् । उनले भनिन्, ‘मिडियाको जिम्मेवारी यति धेरै छ । हामीले कस्तो कन्टेन्ट दिन्छौं, समाज त्यही अनुसार अगाडि बढ्छ । समाज परिवर्तनमा मिडियाको भूमिका ठूलो हुन्छ ।’
उनका अनुसार अहिले धेरै नकारात्मक कन्टेन्टमा छिटै क्लिक र भ्युज आइरहेको समयमा दर्शकको माग अनुसार बनाउने कि समाजमा जिम्मेवारी वहन गरेर कन्टेन्ट बनाउने भन्ने अहिले द्विविधा छ ।
लैङ्गिक, ज्ञान, विज्ञान, इतिहास, शिक्षा, कुरीति विषयमा पनि रचनात्मक तवरले कन्टेन्ट बनाउन सकिने उनले बताइन् ।
डिजिटल प्लाटफर्म हामी सबैका लागि निकै राम्रो हो । तर मिडिया भन्ने बित्तिकै टेलिभिजन, पत्रिकाका काम गर्ने नै हो भन्ने भाष्य अझै पनि रहेको दुःख उनले व्यक्त गरिन् ।
मान्छेको जीवनमा दुःख, सुख, राम्रा, नराम्रा कुराहरु छन् । त्यसकारण रमाइलो गर्दै इमान्दारीका साथ आफूले कन्टेन्ट क्रिएसन गरेको सञ्चारकर्मी रसाइलीले सुनाए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...