हेरिटेज नेपाल न्यूज

मध्यपुर थिमिमा दुईवटा संग्रहालय बन्दै

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १९ मंसिर । मध्यपुर थिमि नगरपालिकाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदा संरक्षण सम्वर्दन,प्रवर्द्धन गर्दै नगरलाई पर्यटकिय गन्तव्य बनाउने लक्ष्य अनुरुप नगरको सम्पदा  झल्किने दुईवटा संग्रहालय बनाउने भएको छ । नगरपालिकाले नगरको ४ नम्बर वडामा अवस्थित ऐतिहासिक बालकुमारी मन्दिर परिसरमा मध्यपुर थिमिको इतिहासलाई प्रतिबिम्वत हुने किसिमका सामग्री संग्रहित गर्नेगरी संग्रहालय निर्माणमा लागेको नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त संग्रहालयमा विभिन्न कालखण्डमा मध्यपुर थिमिबाट चोरी भएर हराएका धार्मिक, ऐतिहासिक, सांस्कृतिक,पुरातात्त्विक मूर्ति/काष्ठकला, लिखित दस्तावेजलगायतका सामग्रीहरूको खोजी गरि संग्रहित गर्ने नगरपालिकाको लक्ष्य छ ।

त्यसैगरी, मध्यपुर थिमि-६ बसीपुखुमा प्रजापति समुदायको पेशा,संस्कृती  झल्किने किसिमको बसीपुखु संग्रहालय निर्माण गर्ने भएको छ । मध्यपुर थिमि प्रतिबिम्बित हुने र सम्पदा संरक्षणको महत्त्वलाई दर्शाउने किसिमको संग्रहालय निमार्णको कार्य अन्तिम चरणमा पुगेको मध्यपुर थिमि नगरउप-प्रमुख श्रेष्ठले बताए । ‘मध्यपुर थिमिको संस्कृति, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि संग्रहालय निर्माणकाे काम अघि बढाएका छौं’, उनले भने ।
संग्रहालय निर्माणका लागि आर्थिकवर्ष २०८०/०८१ मा स्थानिय सरकार मध्यपुर थिमि नगरपालिकावाट  ३० लाख त्यस्तै  ०८१/८२ मा केन्द्रीय सरकारको तर्फबाट ९० लाख रूपैयाँ र नगरपालिकाले चालुआर्थिकवर्ष ०८२/८३ मा ५८ लाख रूपैयाँ विनियोजित गरेको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...