आचार्यको बालकथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ९ मंसिर । ११ वर्षिय बालकथाकार नीतिक आचार्यको पहिलो बालकथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । आइतबार कौशलटारस्थित ग्लोबल पाठशालामा भएको कार्यक्रममा  बालकथासंग्रहका कथाकार आचार्यलगायत नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष प्रमोद प्रधान, वर्तमान अध्यक्ष विजयराज आचार्य, नेपाल बालवाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष अनन्तप्रसाद वाग्ले, हजुरआमा ललिता शर्मालगायतकाले संग्रहको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
संग्रहमा ७ वटा बालकथाहरु समावेश छन् । जसमा मातृत्वप्रेम, संवेदना, समाज र मानवलाई प्रस्तुत गरिएको छ ।
पत्रकार सुशीला तामाङले सम्पादन गरेको संग्रहमाथि बाल साहित्यकार तथा पत्रकार नेत्र तामाङले आफ्नो धारणा राखेका थिए । कथाकारले शीर्षकथा ‘कङ्गारुको एकता’भन्दा बाहेक सबैमा मानवीय पात्रलाई केन्द्रमा राखेर निकै मन छुने ढंगबाट कथा सिर्जना गरेको तामाङले बताए । उनले भने, ‘कथामा चाहिने पात्र निर्माण, संवाद, द्वन्द्व र समाधानको पाटो समेत निकै बलियो रुपमा आएका छन् । पढ्दा निकै मजा आयो ।’
बालसाहित्य समाजका निवर्तमान अध्यक्ष प्रधानले बालकथाकार आचार्यको आगामी लेखन सिर्जनाका लागि शुभकामना व्यक्त गर्दै कथा सिर्जना गर्न त्यति सहज नभएको धारणा राखे । कथा लेख्नलाई  कथाकारले मान्छेको जीवनको अध्ययन गर्नु र मान्छेको जीवनभित्र पस्नुपर्ने बताउँदै पात्रको खोजीमा क्रममा यो क्रम जारी रहने प्रधानले सुनाए ।
आचार्यलाई नेपाल बालसाहित्य समाजका वर्तमान अध्यक्ष आचार्य, नेपाल बालवाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष वाग्ले लगायतकाले बधाई दिँदै आगामी लेखन यात्राका लागि शुभकामना व्यक्त गरे । यसअघि उनको संयुक्त क्रियटिभ कथाहरु कथासंग्रह प्रकाशित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...