अवैध जडिबुटी र २० लाख नगद सहित दुई जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ९ मंसिर । काठमाडौंबाट यार्सागुम्बा, वन-लसुन, किटपतंग (किरा), गुच्ची च्याउलगायत अवैध जडिबुटी सहित दुई जना पक्राउ परेका छन्। यार्सागुम्बा लगायत विभिन्न जडिबुटी अवैध रूपमा संकलन गरी बिक्री वितरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेहरूमा काठमाडौंको नयाँ बजार बस्ने ३६ वर्षीय नबिला बानु र चिनियाँ नागरिक ३७ वर्षीय मा मासु छन्। उनीहरूबाट २० लाख नगद पनि बरामद भएको जनाएको छ। ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो वन लसुन, १०१ किलो किटपतंग, ७ किलो ९०० ग्राम गुच्ची च्याउ, गुन्द्रुक जस्तो ७ किलो ५०० ग्राम, तौलिने मेसिन लगायत प्रहरीले बरामद गरेको छ। उनीहरूमाथि वन ऐन, २०७६ अनुसार अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...