सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पेस्तोलसहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० मंसिर । काठमाडौं नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङमा एक जना महिलाको सुनको सिक्री लुटपाट गरेको घटनामा संलग्न व्यक्तिमध्ये एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा घर भई काठमाडौं तारकेश्वर–८ पिपलडाँडामा डेरा गरी बस्ने ३९ वर्षीय टाशी गुरूङ छन्।
गुरूङले मंसिर १ गते दिउँसो करिब १५:२८ बजेको समयमा एक महिलाको १.५ तोला सुनको सिक्री लुटपाट गरेर फरार भएका थिए। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर ९ गते साँझ २०:०० बजे तारकेश्वर-८ जरखु क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछि सँगै उनको डेरा कोठामा खानतलासी गर्दा अवैध हतियारसहित विभिन्न सामग्री फेला परेको प्रहरीले जनाएको छ।
उनको साथबाट ७.६५ अटो पेस्तोल एक थान, म्याग्जिन-१ थान, गोली-६ थान, पेस्तोल पोज-१ थान, कालो रंगको स्कुटर (प्रदेश ३०२-००५ प ४०७१)-१ थान, खुकुरी-१ थान, औंठी-१ थान, चस्मा-१ थान, लुटपाटमा प्रयोग भएका कपडा, जुत्ता र हेल्मेट, नम्बर प्लेट (प्रदेश ३०२-००४ प २७३५)-१ थान, स्क्रुडाइभर र टी-रेन्च-१/१ थान बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरूङको आपराधिक पृष्ठभूमि समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी विरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले फरार रहेका अर्का व्यक्ति खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...