बानेश्वर वृत्त तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ कार्तिक । भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहारको घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार सिराहा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय सेख सिद्धिकी पक्राउ परेका हुन् । उनी हाल काठमाडौं–३१ आलोकनगर बस्दै आएका थिए । प्रहरीले उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेलसमेत बरामद गरेको थियो ।
आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सूचना अधिकारी भट्टराईका अनुसार उक्त दिन प्रदर्शनको नाममा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्नेहरु माथि  खोजी तीव्र पारिएको छ ।  

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...