हेरिटेज नेपाल न्यूज

बानेश्वर वृत्त तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न पक्राउ

Date:

Share post:

काठमाडौं, २४ कार्तिक । भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहारको घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार सिराहा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय सेख सिद्धिकी पक्राउ परेका हुन् । उनी हाल काठमाडौं–३१ आलोकनगर बस्दै आएका थिए । प्रहरीले उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेलसमेत बरामद गरेको थियो ।
आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सूचना अधिकारी भट्टराईका अनुसार उक्त दिन प्रदर्शनको नाममा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्नेहरु माथि  खोजी तीव्र पारिएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...