हेरिटेज नेपाल न्यूज

रोकियो उपत्यकाको फोहोर व्यवस्थापन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १६ कार्तिक । पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको हो ।
यसअघि काठमाडौं महानगर पालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको कामपा वातावरण व्यवस्थापन विभागको प्रमुख सरिता राईले जानकारी दिइन् ।
अन्तिम फोहर व्यवस्थापनस्थलमा फोहर व्यवस्थापन हुन नसकेकाले घरको फोहर घरमै राख्न उनले सबै नगरवासीलाई आग्रह गरिन् । २०७९ जेठ २६ गते उक्त क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासीसँग काठमाडौं महानगर नेतृत्वले १८ बुँदे सहमति गरेको थियो । महानगर प्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसहितको टोलीले उक्त सहमति गरेको थियो ।
सहमतिका बुँदाहरूमा कामपाले निश्चित समय सीमाभित्र प्रभावित क्षेत्रको भौतिक तथा सामाजिक विकासमा सहयोग गर्ने र दीर्घकालीन रूपमा वातावरणीय सुधार गर्ने प्रतिबद्धता जनाइएको थियो ।
उक्त प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै अहिले फोहर व्यवस्थापन कार्य रोकिएको हो । यसरी फोहर व्यवस्थापन कार्य रोकिँदा समस्या आउन सक्ने भन्दै कामपाले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण नगरवासीले आफ्नो घरबाट निष्केका फोहर सडकमा यत्रतत्र नफाली घर कम्पाउण्मा सुरक्षित तबरले राख्न अनुरोध गरेको छ ।
सहमतिअनुसार फोहरको दुर्गन्ध व्यवस्थापन गर्ने कार्य एक महिनाभित्र तथा फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने थियो । साथै, फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने प्रतिबद्धता एक महिनाभित्रै पूरा गर्नुपर्ने थियो । यी आधारभूत वातावरणीय सुधारहरू नभएको स्थानीयबासीको भनाइ छ ।
भौतिक पूर्वाधारतर्फ महानगरले दीर्घकालीन रूपमा फोहर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र गरिसक्ने प्रतिबद्धता गरेको थियो । साथै, फोहर विसर्जनस्थल र फोहर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने र तीनपानेबाट बञ्चरेडाँडासम्मको सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने बुँदाहरू समावेश थिए । सहमतिमा फोहरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहर मात्रै लैजाले कुहिने फोहर कामपामा व्यवस्थापन गन सहमतिमा उल्लेख थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...