भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १६ कार्तिक । भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी मात्र सञ्चालन हुने भएका छन् । शनिबारदेखि लागू हुने गरी भक्तपुर नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
भक्तपुर-४ बोलाछँदेखि राममन्दिर पुलपारिसम्म बिहान ७ देखि १ बजेसम्म र दिउँसो ३ देखि साँझ ७ बजेसम्म पुरानो नगर क्षेत्रबाट सूर्यविनायकतिर मात्र बाहिरिने व्यवस्था मिलाइएको छ । वडा नम्वर ३ बाराही पुलपारिबाट वंशगोपाल चोकसम्म बिहान ७ देखि १० बजेसम्म र दिउँसो ३ देखि साँझ ७ बजेसम्म विस्तारित नगर क्षेत्रबाट वंशगोपालतर्फ भित्रिने गरी सवारी सञ्चालन गरिनेछ ।
दुईपाङ्ग्रे सवारीसाधनलाई भने विगतमा जस्तै दुवै दिशाबाट निर्बाध आवागमन गर्न पाउने व्यवस्था यथावत् रहने नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । कार्यालय समयमा उक्त क्षेत्रमा सवारीको चाप बढी भएर आवगमनमा समस्या भएपछि सडक एकतर्फी गर्ने निर्णय गरेको प्रमुख प्रजापतिको भनाइ छ । ‘पर्यटकीय नगरी भएकाले विस्तारै नगरक्षेत्रमा सवारी अवागमनलाई व्यवस्थित गर्दै लैजानेछौं,’ उनले भने ।
यसअघि २०७२ सालको भूकम्पअघि पनि यी क्षेत्रमा चारपांग्रे सवारीसाधनलाई एकतर्फी गरिएको थियो ।नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा सावरी आवगमन प्रवेश निषेध गर्दै आएको छ भने पाँचतले मन्दिर परिसरमा बिहान र बेलुकी मात्रै सवारीसाधनलाई प्रवेश दिएर दिनभरका लागि प्रवेश निषेध गरिँदै आएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...