रोकियो उपत्यकाको फोहोर व्यवस्थापन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ कार्तिक । पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको हो ।
यसअघि काठमाडौं महानगर पालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको कामपा वातावरण व्यवस्थापन विभागको प्रमुख सरिता राईले जानकारी दिइन् ।
अन्तिम फोहर व्यवस्थापनस्थलमा फोहर व्यवस्थापन हुन नसकेकाले घरको फोहर घरमै राख्न उनले सबै नगरवासीलाई आग्रह गरिन् । २०७९ जेठ २६ गते उक्त क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासीसँग काठमाडौं महानगर नेतृत्वले १८ बुँदे सहमति गरेको थियो । महानगर प्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसहितको टोलीले उक्त सहमति गरेको थियो ।
सहमतिका बुँदाहरूमा कामपाले निश्चित समय सीमाभित्र प्रभावित क्षेत्रको भौतिक तथा सामाजिक विकासमा सहयोग गर्ने र दीर्घकालीन रूपमा वातावरणीय सुधार गर्ने प्रतिबद्धता जनाइएको थियो ।
उक्त प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै अहिले फोहर व्यवस्थापन कार्य रोकिएको हो । यसरी फोहर व्यवस्थापन कार्य रोकिँदा समस्या आउन सक्ने भन्दै कामपाले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण नगरवासीले आफ्नो घरबाट निष्केका फोहर सडकमा यत्रतत्र नफाली घर कम्पाउण्मा सुरक्षित तबरले राख्न अनुरोध गरेको छ ।
सहमतिअनुसार फोहरको दुर्गन्ध व्यवस्थापन गर्ने कार्य एक महिनाभित्र तथा फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने थियो । साथै, फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने प्रतिबद्धता एक महिनाभित्रै पूरा गर्नुपर्ने थियो । यी आधारभूत वातावरणीय सुधारहरू नभएको स्थानीयबासीको भनाइ छ ।
भौतिक पूर्वाधारतर्फ महानगरले दीर्घकालीन रूपमा फोहर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र गरिसक्ने प्रतिबद्धता गरेको थियो । साथै, फोहर विसर्जनस्थल र फोहर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने र तीनपानेबाट बञ्चरेडाँडासम्मको सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने बुँदाहरू समावेश थिए । सहमतिमा फोहरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहर मात्रै लैजाले कुहिने फोहर कामपामा व्यवस्थापन गन सहमतिमा उल्लेख थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...