भक्तपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ भदौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भदौ २४ गते बिहान ५:३० बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशअनुसार उक्त क्षेत्रहरूमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नमराज धिमिरेद्वारा जारी गरिएको आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षाको दृष्टिले चाँगुनारायण नगरपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न स्थानहरूमा निषेधाज्ञा लागू गरिएको हो ।”

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू यस्ता छन्:
• जडिबुटीदेखि अनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र,
• पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म,
• कौशलटार बालकोटचाेक हुँदै राेजभिलेजदेखि चारदोबाटो चोकसम्म,
• राधेराधेचाेकदेखि निकाेसेरा चाेकसम्म,
• बाखाहाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म,
• सल्लाघारी नगरकाेट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकाेट चाेकसम्म,
• च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाकाे सिमानासम्म)

• दुवाकाेट माेडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र,
• देकाेचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
<span;>प्रशासनले उल्लेखित क्षेत्रमा कुनै पनि समूह वा व्यक्तिले जुलुस, सभा वा अन्य सार्वजनिक कार्यक्रम गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ । स्थानीय सुरक्षा अवस्था र संभावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा कहिलेसम्म लागू हुने भन्ने विषयमा स्पष्ट जानकारी नदिइएको भए पनि  ‘अर्को आदेश नआएसम्म’ लागू हुने भनिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...