काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं,२४ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । मङ्गलबार बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ ।

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् ।
कर्फ्यु आदेश जारी गरिएको  क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने उनले बताएका छन् ।

ललितपुरमा पनि कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने जनाइएको छ । आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा घेराउ गर्न पाइनेछैन ।
कर्फ्यु लाग्ने क्षेत्र 
• वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र
-पूर्वमा भैंसेबाट बुंगमती जाने सडक
-पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक
– उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर,
-दक्षिणमा इटनी जाने ओरालो क्षेत्र
• वडा नं २ सानेपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र
– पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक
– पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक
– उत्तरतर्फ चक्रपथ सडककको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र
– दक्षिणतर्फ इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्र
• वडा नं. ९ को च्यासल क्षेत्र
– पूर्वमा मनोहरा खोलाको करिडोरको झोलुङ्गे पुल
– पश्चिममा च्यासल खेलमैदान
– उत्तरमा मनोहरा खोला
– दक्षिणमा मल पोखरी जाने बाटो

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...