गोंगबुबाट ३ करोड ७५ लाख नगद र सुनको ढिक्का सहित एक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ भदौ । गोंगबुको एक घरबाट प्रहरीले ३ करोड ७५ लाख रुपैया नगद र सुनको ढिक्का सहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मङ्गलबार प्रहरीले उक्त अवैध रकमसहित सुनको ढिक्का बरामद गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उक्त घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा रकम र सुन फेला परेको हो । ‘सूचनाकाे आधारमा छापा मार्दा ३ करोड ७५ लाख रुपैयाँ फेला परेका छौं । पैसा गन्ने क्रममा नै छौं,’ खनालले भने,‘पैसासँगै घरबाट सुनका ढिक्काहरु पनि बरामद भएका छन् ।’

त्यही घरबाट विनोदकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् । प्रहरीले उनीसँग घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । रकम कसको हो, कसले राखेको हो भन्नेबारे भने प्रहरीले अनुन्धान गरिरहेको खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...