शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको बस र्याली

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ भदौ । विद्यालय शिक्षा विधेयकका प्रावधानको विरोधमा काठमाडौं उपत्यकाका निजी विद्यालयहरूले सोमबार विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना विद्यालयका बसलाई सडकमा ल्याएर आपत्ति जनाएका छन् ।

निजी विद्यालयहरूको अनुसार, प्रस्तुत विधेयकले विद्यालयहरूको स्वायत्तता र व्यवस्थापनमा हस्तक्षेप गर्ने मात्र नभई, शैक्षिक गुणस्तरमा पनि नकरात्मक प्रभाव पार्न सक्ने आशंका गरिएको छ । विरोधमा उत्रिएका विद्यालयका प्रतिनिधिहरूले विधेयकका केही प्रावधानहरूलाई असंवैधानिक र नोक्सानदायक बताउँदै सरकारसँग पुनरावलोकन गर्न माग गरेका छन् ।

काठमाडौंको प्रमुख चोकहरूमा निजी विद्यालयका शिक्षकहरू विरोध प्रदर्शनमा सामेल भएका थिए । विद्यालयका बसहरू सडकमा पार्क गरेर विधेयकको विरोध गरेका प्रदर्शनकारीहरूले नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरे ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...