आश्रितको साथमा प्रदेश सरकार छ : स्वास्थ्यमन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १४ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताएका छ्न् । शनिबार आफ्नो जन्मदिनको अवसरमा हेटौँडाको मानव सेवा आश्रममा रहेका अनाथ, असहाय र परिवार बिहीनको सेवा गर्न पुगेका भएका थापाले राज्य सबैको संरक्षक भएको बताएका हुन् । ‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दैछ’, उनले भने ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्ष बजेट बनाउँदा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बिमाको रकम सरकाले नै तिरिदिने व्यवस्था गरेको समेत उनले जानकारी दिए । उनले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने बताउँदै सबैभन्दा ठुलो धर्म मानव सेवा भएको बताएका छन्। ‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य काम यही हो’, उनले भने ।
मानव सेवा आश्रमले मानवीय काम गरेको भन्दै उनले प्रशंसा गरे। आश्रितहरूको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानव सेवा आश्रमले ईश्वरीय काम गरेको उनको भनाइ छ ।

सेवा आश्रमलाई व्यवस्थित गर्नको लागि कम्तीमा सरकारको तर्फबाट खानाको व्यवस्थापनका लागि सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्रिपरिषद् बैठकले सो विषयमा निर्णय गर्ने समेत उनले बताए । मानव सेवा आश्रमका बिरामीलाई बागमती प्रदेशको हेटौँडा अस्पतालले निःशुल्क उपचार गराउने थापाले जानकारी दिए । उनले हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार आएको पनि बताएका छन् ।

हेटौँडा अस्पतालको नामाकरण कहिल्यै पनि परिवर्तन नहुने बताउँदै मन्त्री थापाले प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिने स्पष्ट पार्दै विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको बताउँदै त्यसको प्राक्टिकल गर्नको लागि प्रतिष्ठान मार्फत हेटौँडा अस्पताल सञ्चालन गरिएको थापाले जानकारी दिए । ‘आज ३ सय शय्यामा हेटौँडा अस्पताल सुरु भएको छ, अस्पतालमा दैनिक १३/१४ सय बिरामीले ओपिडी सेवा लिइरहनु भएको छ, मकवानपुरवासीले मात्र होइन आज मधेस प्रदेशका ४ जिल्लाले समेत सेवा लिइरहनुभएको छ’, उनले भने । उनले सोही प्रतिष्ठान मार्फत हेटौँडामा एमडीको पढाइ सुरु भएको पनि जानकारी दिए । ‘८ वटा कोटा प्राप्त भएर एमडी पढाइ सुरु भएको छ, एमबिबिएसको ५० वटा कोटा प्राप्त भएर पढाइ सुरु हुँदै छ, केही महिना पछाडि हेटौँडा अस्पतालमा अब एमबिबिएसको पनि पढाइ सुरु हुँदै छ, त्यसै गरी अहिले ब्याचलर लेबलमा विभिन्न विषयमा ३ सय ५८ जनाको पढाइ सुरु भइरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताल नजोडिएको भए यो अवस्था हुने थिएन’, उनले भने ।

कुनै बेला हेटौँडाबासीलाई अर्कै नामले सम्बोधन गर्ने गरिएको स्मरण गर्दै थापाले अबको केही वर्ष पछि हेटौँडा डाक्टरहरू बस्ने सहर बन्ने दाबी गरे । ‘यहाँ त डाक्टरहरूको पढाइ हुन्छ भनेर त्यसको नामाकरण नै परिवर्तन हुनेछ’, उनले भने । सबै मिलेर हेटौँडा अस्पताललाई ५ सय शय्याको अस्पताल बनाइने बताएका छन् । ‘यदि मकवानपुरबासीको सबैको साथ र सहयोग रह्यो भने हेटौंडा अस्पताल अबको दुई चार वर्ष पछाडि काठमाडौंको टिचिङ अस्पतालको दाँजोमा पुग्ने छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...