थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी’ पालिका घोषित

Date:

Share post:

Changunarayan Nagarpalika

मकवानपुर, ९ भदौ । मकवानपुरको थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी’ नगरपालिका घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगरलगायतले आइतबार एक समारोहका बीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले शिशु तथा मातृ स्वास्थ्य सुरक्षाको लागि बागमती प्रदेशले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

थाहा नगर पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुने बागमती प्रदेशको दोस्रो पालिका हो । यसअघि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित भएको थियो ।

नगरपालिकाभित्रका सबै गर्भवती महिलाहरुले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य संस्थामै गएर सुरक्षित रुपमा प्रसुति गराउने गरेको थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले जानकारी दिए । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको उनले बताए ।

एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्ने लगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ । त्यस्तै पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।

१२ वटा वडा रहेको थाहा नगरमा १२ वटा स्वास्थ्य संस्थाहरु छन् । थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । थाहा–६ पूर्ण संस्थागत सुत्केरी घोषणा हुने बागमती प्रदेशकै पहिलो वडा थियो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए ।

मकवानपुरका १० पालिका मध्ये पूर्ण संस्थागत सुत्केरी पालिका घोषित हुने थाहा नगरपालिका पहिलो पालिका हो । पूर्ण संस्थागत सुत्केरी पालिका घोषणाका लागि बागमती र इन्द्रसरोवर गाउँपालिकाले पनि प्रयास गरिरहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिएका छन् । थाहा नगरपालिकाले पनि २०७३ सालदेखि प्रयास गरेर आइतबार पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेको उनको भनाइ छ । जनस्वास्थ्य कार्यालय मकवानपुरले मासिक बैठकका क्रममा सबै पालिकाका स्वास्थ्यकर्मीलाई समग्र स्वास्थ्य सुधारको प्रयासका लागि जानकारी गराउने गरेको प्रमुख मिजारले बताए । मकवानपुर जिल्लामा अहिले पनि वार्षिक एक सयदेखि एक सय ५० को संख्यामा गर्भवती घरमै सुत्केरी हुने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...