बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरको सहकार्यमा स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धी छलफल

Date:

Share post:

Changunarayan Nagarpalika

ललितपुर, भदौ ८ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाको सहकार्यमा आइतबार ‘स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धी छलफल कार्यक्रम’ सम्पन्न भएको छ । ललितपुर महानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश र स्थानीय तहबिच स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि र दिगो व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको छ। कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगर, मन्त्रालयका अधिकारी, महानगरका प्रमुख चिरिबाबु महर्जन लगायतका जनप्रतिनिधि, स्वास्थ्य शाखाका अधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

छलफलमा स्थानीय तहलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन, आधारभूत स्वास्थ्य पूर्वाधार निर्माण, औषधि आपूर्ति प्रणाली, मातृ–शिशु स्वास्थ्य, स्वास्थ्य बिमा कार्यक्रम, जनचेतनामूलक अभियान र डिजिटल स्वास्थ्य प्रविधिको प्रयोगबारे विस्तृत प्रस्तुति गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रदेश स्तरको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनीहरूले सबै नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रूपमा उपलब्ध गराउने सरकारको प्राथमिकतामध्ये एक भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य क्षेत्रमा प्रदेश र स्थानीय तहबिचको सहकार्यलाई अझै संस्थागत बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले महानगरले समुदायमै स्वास्थ्य सेवा विस्तार गर्दै लैजान निरन्तर प्रयासरत रहेको बताए ।

छलफलमा सहभागीहरूले स्वास्थ्य सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका लागि समन्वयात्मक कार्यविधि, पारदर्शिता, जवाफदेहिता र समुदायको सक्रिय सहभागितामा जोड दिए । कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालय र ललितपुर महानगरपालिकाले  महानगरभित्र स्वास्थ्य क्षेत्रका आगामी कार्यक्रमहरूलाई सहकार्य गरेर अघि बढाउने सहमति गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...