सूर्यविनायकमा सिन्दुर जात्रा सहितको खटजात्रा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ भदौ । भदौ शुक्ल चतुर्थी अर्थात् गणेश जन्मोत्सव (गणेश चतुर्थी)को अवसरमा सिन्दुर जात्रा सहितको खटजात्रा गरेको छ । बुधबार सूर्यविनायक गणेश मन्दिरबाट गणेशको चाँदीको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा मनाइएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले आज बिहान सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई साँझ गणेश जन्मोत्सव जात्रा गरेका हुन् ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समितिको संयोजन र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको गणेश अर्थात् इनरे गणेद्यो खट जात्रा हजारौँको सहभागितामा दिनभर टोलटोलमा खटलाई परिक्रमा गराई साँझ सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष एवं प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । “पुर्खाले मनाउँदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो विगत पाँच वर्षदेखि भने नियमित रूपमा सञ्चालन गरिरहेका छौँ । यस वर्ष पनि हजारौँ स्थानीयको सहभागितामा सिन्दूर खेल्दै रथ टोलटोल पुर्‍याएर हर्षोल्लासका साथ जात्रा मनाइएको छ”, उनले भने। जात्रा व्यवस्थापनका लागि दुईवटै वडाले रु तीन‐तीन लाख सहयोग गरेका अध्यक्ष बस्नेतले बताए ।

गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको यस जात्रालाई बर्सेनि निरन्तरता दिइने क्लबका अध्यक्ष मनोज गिरीले बताए। जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

काठमाडौं उपत्यकाका चार प्रमुख विनायक मध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्ने गरेका छन् । समितिकानुसार यहाँ रहेको गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...