साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन: मौसमविद्

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०६ कार्तिक । नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकको केही भू-भागमा वर्षा हुन‍सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।  ‘आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ । तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन् । मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ ।’

मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन । ‘अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौं । मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ,’ उनले भने ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा खड्गजात्रा सकियो

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्गजात्रा सम्पन्न भएको छ। पायःद्यो जात्राका क्रममा...

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र दोलखामा परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा मनाइएको छ।...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...