अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको हो ।

न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिइन् । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट हालसम्म २५२ विदेशी र तीन हजार ३४४ नेपाली गरी तीन हजार ५९६ जनाको हवाई उद्धार गरिएको उनले बताइन् । प्राधिरकणले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । धादिङबेँसी-परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार र केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।

त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर-ढिकुरे-चौघडा-आँप्र-नर्जा-लच्याङ-सरमर्थाले-पाटीखर्क हुँदै बोगटीटार (पासाङल्हामु राजमार्ग, रसुवा)-कालिकास्थान-धुन्चेसम्म चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा जाने वैकल्पिक सडक निर्माणमा खटिए मुख्यमन्त्री थापामगर

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिलाई तीव्रता...

रसुवा बाढी अपडेट : ९०३ जनाको शव फेला, १०, ४५१ को उद्धार

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।  राष्ट्रिय विपद्...

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...