रसुवा जाने वैकल्पिक सडक निर्माणमा खटिए मुख्यमन्त्री थापामगर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिन खटिएका छन् । मुख्यमन्त्री थापामगर सोमबार बिहानै एक्साभेटरसहित चोगटे-सरमथली-जिरोकिलोहुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमा पुगेर कामको अनुगमन गरेका छन् । उनले बिहानैदेखि सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइरहेको बताएका छन् । ‘बिहानीको समयदेखि नै चोगटे-सरमथली-जिरोकिलोहुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएका समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइरहेका छौँ,’ उनले भने ।

राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज बनाउन वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री थापामगरले सामाजिक संजालमा बताएका छन् । उनका अनुसार सडक निर्माणसँगै मार्गलाई थप फराकिलो र सहज बनाउने कामसमेत तीव्र रूपमा अघि बढाइएको छ ।
‘आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भन्ने उद्देश्यले सडकलाई फराकिलो र सहज बनाउने काम तीव्र रूपमा अघि बढाइएको छ,’ उनले भने ।
नागरिकको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सडक निर्माण तथा स्तरोन्नतिको काम निरन्तर जारी रहेको मुख्यमन्त्री थापामगरले बताएका छन् । सडकमार्गमा रहेका ४० भन्दाबढी पुलहरु भत्किँदा अवरुद्ध आवागमनको वैकल्पिक व्यवस्थाको रुपमा सम्भावित स्थानहरुमा बेलिब्रिज, झोलुङ्गेपुल तथा तुईन निर्माणका लनरागि स्थान पहिचान र सम्भाव्यता अध्ययन, प्राथमिकता निर्धारण र द्रुत निर्माण कार्यलाई अगाडि बढाएको उनी बताउँछन् ।तस्बिर : मुख्यमन्त्री किरण थापामगरको फेसबुकबाट ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...