सूर्यविनायक-२ मा सार्वजनिक सुनुवाई सम्पन्न

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २९ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. २ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा बिहीबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको छ ।

कार्यक्रममा वडा सचिव बालकृष्ण कासुलाले वडामा चालु आर्थिक वर्षमा एक करोड ८८ लाख ४६ हजार आठ सय ७३ रुपैँया राजश्व संकलन भएको जानकारी गराए। वडा तथा कार्यपालिका गरी ४१ वटा आयोजनाहरु वडामा सञ्चालनमा रहेको जानकारी गराउँदै उनले भने, ‘वडा र नगरपालिका गरी चाल आर्थिक वर्षमा ४१ वटा आयोजनाहरुको लागि बजेट विनियोजन भएको थियो । जसमा २० वटा सम्पन्न भएका छन् । १६ वटा निर्माणको क्रममा रहेका छन् । त्यस्तै चार वटा योजना सम्झौता हुन बाँकी रहेका छन् ।’

कार्यक्रममा सहभागीहरुले हनुमन्ते नदीको निर्माण तथा सरसफाई, बृद्धबृद्धा तथा वालवालिकालाई खेलमैदान, पार्क, सडक सुरक्षा, सार्वजनिक जग्गा संरक्षण, खानेपानीको समस्या, सडक बत्ति, सडक तार, सीसी क्यामेरा, सार्वजनिक शौचालय, शिक्षा, स्वास्थ्य, सडकका विज्ञापन बोर्डको व्यवस्थापन, छाडा कुकुरको व्यवस्थापन, विद्यार्थीलाई आवश्यकता अनुसारको तालिम, गाँजा तथा लागुपदार्थ सेवन रोक्नुपर्ने, ढल व्यवस्थापन, सडक दुर्घटना रोक्नुपर्ने, प्रदुषण नियन्त्रण, वृक्षारोपण, सडक सिमाङ्कनमा समानता हुनुपर्ने, अन्याय परेका नागरिकको अभिभावक बन्नुपर्ने, सार्वजनिक सुनुवाई ३–४ महिनामा हुनुपर्ने, नगरपालिकाले निशुल्क फोहोर संकलन गर्नुपर्ने, निजीलाई दिनु नहुने, सडकका गिटी, बालुवा, घाँस हटाउनुपर्ने, खानेपानी समितिहरु तबल खाने र विल पठाउनेमात्र नभई सेवामुखी हुनुपर्ने, गाडा तथा फुटफाट व्यवस्थापन गर्नुपर्ने, जनताको आशालाई दवाउन नहुने, विकासमा सर्भे हुनुपर्ने, कार्यकर्तालाई संरक्षण गर्न सडक बनाउने र विगार्ने नभई दिगो विकासको लक्ष्य अनुसार काम गर्नुपर्ने लगायतका सुझाव, गुनासो तथा प्रश्नहरु गरिएको थियो ।
जवाफमा प्रहरी प्रभाव बालकोटका प्रमुख पदमबहादुर बलायरले सडक सुरक्षाको लागि आवश्यक प्रवन्ध गरी नागरिकलाई सहज र सुलभ बनाउने प्रतिवद्धता जनाएका छन् । जनताको सुरक्षाको लागि प्रहरी जनताकै साथमा रहेको उल्लेख गर्दै उनले कानुन उलंघन गरे कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाए । आफ्नो क्षेत्राधिकारभन्दा माथि भए सम्बन्धीत निकायलाई जनकारी गराई शान्ति सुरक्षा कायम गर्ने उल्लेख गर्दै सडक दुर्घटनाको न्युनिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष प्रदीप कार्की खानेपानीको समस्या समाधान गर्न उपत्यका खानेपानी लिमिटेड (मेलम्ची)सँगको सहकार्य भइरहेको जानकारी गराउँदै अन्य विभिन्न विकल्प प्रयोग गरी केहि मात्रामा भएपनि खानेपानीको सहजता पैदा गरेको दाबी गरे । सडक तथा मुख्यमुख्य ठाउँहरुमा सीसीटिभी राखिएको जानकारी गराउँदै उनले सडक बक्ती जडान तथा मर्मत गरिरहेको बताएका छन् । सडक, मठमन्दिर, ढल, फाल्चा, सामुदायीक भवन, पुल लगायतका जनताको लागि अति आवश्यकतालाई वडाले उच्च प्राथमिकता राखि कार्य गरिरहेको जानकारी गराउँदै उनले एम्बुलेन्स सञ्चालनमा रेडक्रसलाई सहयोग गरिरहेको बताए। ‘चुनावी प्रतिवद्धता अनुसार जनताको पक्षमा कार्यसम्पादन गरिरहेका छौं । सिमित स्रोत र साधनका बाबजुत पनि पूर्वाधार विकासमा फड्को मार्दै छौं । वडामा हामीले विभिन्न प्रकारका स्वास्थ्य शिविर, वडाबाट नै जेष्ठ नागरिक परिचयपत्र, धार्मिक भ्रमण, न्यानो कपडा वितरण, ८० वर्ष पुरा हुनुभएका जेष्ठ नागरिकलाई घरघरमा नै पुगेर सम्मान गरेका छौं । शिक्षा, स्वास्थ्य, सरसफाई, प्रदुषण नियन्त्रणका कार्यहरुलाई आवश्यकता अनुसार गरेका छौं । एसइइ फेल भएका विद्यार्थीलाई निशुल्क कोचिङ क्लासको व्यवस्थापन गरेका छौं । नेतृत्व विकास, योगा, शिक्षकलाई कम्प्युटर तालिम, क्षमता अभिवृद्धिका तालिम, सीपमुलक तालिम, ड्राइभिङ तालिम, वडाध्यक्षसँग सुत्केरी कार्यक्रम जस्ता असंख्य जनतासँग प्रत्यक्ष जोडिएर कामहरु गरिरहेका छौं’, उनले भने ।
हनुमन्ते सरसफाई गर्न मध्यपुरसँग समेत सहकार्य गर्नुपर्ने भएकाले अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको स्वीकार गर्दै उनले हनुमन्ते करिडोर निर्माण र त्यहाँसँग सम्बन्धी सार्वजनिक जग्गाको संरक्षणका लागि संघीय सरकारले गर्नुपर्नेमा जोड दिए । बालबालिकाको वृद्धि विकास, संस्कार र नैतिकताका कार्यक्रमहरु अपरिहार्य रहेको औंल्याउँदै उनले जेष्ठ नागरिकको भावना अनुसार कार्य गर्ने उल्लेख गरे । सार्वजनिक जग्गा खोज्ने कार्य भइरहेको उल्लेख गर्दै उनले उत्त कार्यको लागि हनुमन्ती नदीले सूर्यविनायक पट्टी बहाव परिवर्तन गरेकाले मध्यपुर क्षेत्रमा आफ्नो जग्गा गएको बताएका छन् । मध्यपुर क्षेत्रमा उक्त जग्गा हालसाविक भई जग्गा खण्डीकरण तथा घर निर्माण समेत भइसकेकाले उक्त समस्या केन्द्र सरकारले समाधान गर्नुपर्नेमा जोड दिए ।

आयोजक संस्थाका अध्यक्ष पेशल कुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका छन् । कार्यक्रममा कार्यपालिका सदस्य प्रजुन तिखत्री, वडा सदस्य जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा (दाहाल), रञ्जिता तिखत्री लगायतको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत किर्ते गर्ने पक्राउ

काठमाडौं, २९ जेठ । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना...

काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेपलान्चोक, २९ जेठ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ७...

बागमतीका ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर वितरण

मकवानपुर, २९ जेठ । बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर सुधार र सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि...

वृद्धलाई कैंची प्रहार गर्ने पक्राउ

काठमाडौं, २८ जेठ । वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ नारायणथानका...