पश्चिमी वायु कमजोर बन्दै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती स्थानमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध छ ।

अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायु सक्रिय बन्दा केही दिनअघिसम्म दिनहुँजसो देशमा विभिन्न ठाउँमा पानी परिरहेको थियो । अहिले पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाले दुई-तीन दिन ठूलो वर्षाको सम्भावना नरहेको विभागको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । भोलि पर्सिसम्मलाई खण्डित रुपमा केही ठाउँमा भने वर्षा हुन सक्ने उनको भनाइ छ ।

विभागका अनुसार आज हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिमका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना पनि रहेको छ ।
विभागले मंगलबार दिउँसो सिमरामा अधिकताम तापक्रम ३६-३८ तथा विराटनगर र जनकपुरमा ३७-३९ डिग्री सेल्लियस हुने अनुमान गरेको छ । जलवायु विज्ञ धर्मराज उप्रेतीले तराईमा पुनः प्रिमनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम- गर्मी बढी हुने सम्भावना रहेको उल्लेख गरेका छन् । ‘यसबाट विद्यालय, कृषि कार्यमा संलग्न व्यक्तिहरु, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदुरहरु प्रभावित हुन्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...