दीपक भट्ट र सुलभ अग्रवाललाई सघाएको आशंकामा ललितपुर प्रहरीमाथि छानबिन समिति गठन 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ५ जेठ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा ललितपुर परिसरका प्रहरीमाथि छानबिन सुरु भएको छ । उपत्यका प्रहरी कार्यालयले डिआइजी ओमप्रसाद अधिकारीको अध्यक्षतामा छानबिन समिति गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाललाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाएको थियो। विभागको आफ्नै हिरासत नभएकाले प्रहरीका हिरासतमा राख्ने गरेको छ। यसरी हिरासतमा राख्दा मोबाइल प्रयोग गरेको दिएको, भेटघाटमा बिशेष सुविधा दिएको तथा  राति प्रहरीकै कोठामा सुताएको विषयमा छानबिनमा गर्न समिति गठन भएको स्रोत बताउँछ । ललितपुर परिसरका एसएसपी होबिन्द्र बोगटीले नै उनीहरुलाई यसरी हिरासतमा सघाएको आरोप लागेको छ। स्रोतका अनुसार यो विषय प्रधानमन्त्री कार्यालय पुगेपछि छानबिन थालिएको हो। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले  समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाइएको पुष्टि गरे।
सो प्रकरणपछि भट्टलाई प्रहरी वृत्त बौद्धमा सारिएको छ। अग्रवाल भने स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका छन्।

हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा उनीहरुमाथि विभागले छानिबन गरेको हो। त्यस्तै, प्रहरीले बैंकिङ कसुर, बिमा कसुर र धितोपत्र सम्बन्धि कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...