सरकारले रोक्यो नयाँ सवारी दर्ता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ८ जेठ । सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता कार्यमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले सातै प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो।

विभागकाअनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढ्दै गएको छ। साथै इन्धनको मूल्यवृद्धिका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता सिर्जना भएकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारणले आवश्यक ठानेमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले उल्लेख गरेको छ। विभागले जारी गरेको पत्रमा सार्वजनिक सवारीसाधनसँगै विद्युतीय सार्वजनिक सवारीसाधनको समेत नयाँ दर्ता तत्कालका लागि रोक्का गर्न भनिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...