भक्तपुर अस्पताल मूलुककै उत्कृष्ट, न्यूनतम सेवा मापदण्डमा ९३ अंक प्राप्त

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ८ जेठ । भक्तपुर अस्पताल मूलुककै उत्कृष्ट अस्पताल घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड (एमएसएस) मुल्यांकनमा देशभरीका सेकेन्डरी ए लेभल १०० शैयाबाट  सेकेन्डरी बी लेभल ३०० शैयामा स्तरोन्नति दोस्रो वर्षमै बागमती प्रदेश अन्तर्गतको भक्तपुर अस्पतालले ९३ अंक सहित उत्कृष्ट हुन सफल भएको छ ।

गतवर्ष भक्तपुर अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएको थियो भने, यसवर्ष आफ्नै रेकर्ड तोड्दै ३ अंक सुधार गरेर ९३ अंक ल्याएर मूलुककै उत्कृष्ट भएको हो । बिहीबार अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा.नरेन्द्र कुमार झा ले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मेहनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताएका छन्। उनले आगामी दिनहरुमा अस्पतालले शत प्रतिशत अंक ल्याउन प्रयास गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लगिने जानकारी दिए ।अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्न प्रयास भईरहेको समेत उनी बताउँछन् ।

बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले सेकेन्डरी ए लेभलबाट सेकेन्डरी बी लेभलमा स्तरोन्नति भएको दोस्रो वर्षमै उत्कृष्ट अंक प्राप्त गर्दै अस्पताल देशभरकै उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । गुणस्तरीय, प्रभावकारी र सेवामुखी स्वास्थ्य सेवाप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालय सदैव प्रयासरत र अझ दृढ बनेको उनी बताउँछन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...