ओरेन्टेलमा ऋण चुक्ता भईसकेको व्यक्तिको नाम सार्वजनिक हुनु आपत्तिजनक: स्वास्थ्यमन्त्री किरण थापा मगर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ जेठ । समस्याग्रस्त घोषित ओरेन्टेल को-अपरेटिभ लिमिटेड नामक सहकारी संस्थाको ऋणीहरुको नाम सार्वजनिक गर्ने क्रममा ऋण चुक्त भइसकेका ऋणीहरुको नाम सार्वजनिक हुनु आपत्तिजनक भएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले बताएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालय बबरमहलले  बिहीबार (वैशाख ३१ गते) सार्वजनिक गरेको ऋणीहरुको तीन पुस्ते नाम ऋण चुक्ता भइसकेकोमा आफ्नो नाम समेत  सार्वजनिक गरेपछि उनले आपत्ति जनाएका हुन् ।

ओरेन्टेल को-अपरेटिभि लिमिटेडसँग लिएको ऋण २०८२ साल असोज महिनामा चुक्ता गरि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बैंक खाता फुकुवा गर्न २०८२ असोज २१ गते परिपत्र गरि सकेको अबस्थामा सोही कार्यालयले हचुवाको भरमा ऋण चुक्ता भइसकेका व्यक्तिको समेत नाम सार्वजनिक गरेर बदनाम गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘भक्तपुरमा कोल्डस्ट्रोर खोल्नका लागि एक जना सहयोगीलाई ऋण निकालिदिएको थिएं, उनले ऋण तिरिरहेकै अवस्थामा दुर्घटनामा उनको मृत्यु भएपछि बाँकी करिब रु. २४ हजार ऋण मैले नै तिरिदिएर गतवर्ष नै फुकुवाका पत्र दिएकै समितिले नाम सार्वजनिक गरेकोमा हाम्रो आपत्ति छ, यसलाई तत्काल सच्याउन समितिसँग माग गर्दछु,’ उनले भने । यसबारेमा समितिका कर्मचारीले ऋणीहरुको नाम सार्वजनिक गर्ने क्रममा भूलवश पुरानै लिष्ट सार्वजनिक भएकाले ऋण चुक्ता भइसकेका व्यक्तिको समेत नाम पर्न गएको जनाएको छ । ‘कहिलेकाहीँ परिस्थितिले गलत बुझाइ सिर्जना गर्न सक्छ, तर सत्य कहिल्यै लुक्दैन। जिम्मेवारी, इमानदारी र पारदर्शितालाई सधैं आत्मसात गर्दै म जनताको विश्वास र सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले थापा मगरलगायत २८४ जनाको नाम सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...