नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० वैशाख ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट मंगलबार राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा सिआइबीले केही समयदेखि अनुसन्धान गरिरहेको छ। पाण्डे लिलामी प्रक्रियामा संलग्न देखिएको एसएसपी श्रेष्ठ बताउँछन् । उनलाई सिन्धुली कमलामाई नगरपालिका-६ बसपार्कस्थित मदन भण्डारी राजमार्गबाट सवारी जाँचको क्रममा फेला पारी पक्राउ गरेको एसएसपी श्रेष्ठले बताए।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोज ३ गते लिलामीको सूचना निकालेको थियो। बुँदा नम्बर २ मा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण लगायतका सामग्री जडान भएका घरजग्गा धनीहरूलाई स्मार्टसेलले बुझाउनुपर्ने बाँकी घर बहाल र विद्युत महसुल रकम समेत ४० करोड रूपैयाँ (उल्लिखित उपकरणहरूका लागि कबुल गरिने रकममा थप गरी) एकमुष्ठ कबुल गरी बोलपत्र पेस गर्नुपर्ने भनेर उल्लेख गरिएको थियो। बोलपत्र पेस गर्न सूचना प्रकाशित भए अनुसार उक्त रकम बैंकले लिएर हालसम्म घरधनीलाई घरबहालको र विद्युत महसुल समेत नदिई/नतिरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ।

सीआईबीका अनुसार स्मार्ट सेल बिक्री प्रकरणमा चार अर्बको रकम हिनामिना भएको छ। यसबाहेक थप ४० करोड रकममा पनि संलग्नता देखिएपछि पक्राउ गरेको उनले बताए।
‘स्मार्ट सेलको सम्पत्ति लिलामीबापत चार अर्ब उठेको छ। यसमा उहाँमाथि अनुसन्धान भइरहेको हो। यसबाहेक यसैसँग जोडिएको रकम उठाएर तिर्नुपर्ने पनि नतिरेको कसुरमा पनि अनुसन्धान भइरहेको हो,’ उनले भने।
यसअघि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । स्मार्ट सेलकै अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पक्राउ गरेको थियो। नेपाल दूरसञ्चार प्राधिकरण जमलबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न स्मार्ट सेलले अनुमति लिएको थियो। तर, उक्त कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण गरेका थिएनन्। नवीकरण नगरेपछि उक्त अनुमतिपत्र स्वत: रद्द हुने कानुनी व्यवस्था छ।त्यसो भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ अनुसार सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइसकेको सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले गैरकानुनी रूपमा लिलामी गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप उनीहरूमाथि छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...