नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं,३० वैशाख । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले पदबाट राजीनामा दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको जानकारी दिएका छन्।

भट्ट तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा २०८० फागुन ६ गते  कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका थिए । उनी २०७० जेठदेखि २०७० मंसिरसम्म कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए ।

बालेन्द्र शाह नेतृत्वको सरकारले पुरानो सरकारबाट भएका राजनीतिक नियुक्तिलाई हटाउनेगरी अध्यादेश ल्याएपछि उनले बुधबार राजीनामा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...