सुकुम्बासी बस्तीका राई बागमतीमा मृत फेला

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ वैशाख । बल्खुस्थित बागमती नदीमा ६१ वर्षका एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा इन्दबहादुर राई छन् । दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ । आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका राई शव फेला परेको हो ।
मृतक राई लामो समयदेखि बल्खुको फलफूल मण्डीमा काम गर्दै आएका थिए । काठमाडौंका खोला किनारका सुकुम्बासी (अव्यवस्थित बस्ती) हटाउने क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाएको हो ।
बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना दिएर बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए । बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत खटिएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...