टेकु वंशीघाट र बल्खुमा डोजर चल्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ वैशाख । काठमाडौंको टेकुस्थित वंशीघाट र बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। शुक्रबार बिहान ७ बजेदेखि त्यहाँको बस्ती खाली गरिने भनेर प्रशासनले उर्दी जारी गरेको थियो।
बिहान ८ बजेपछि त्यस क्षेत्रमा डोजर पुगेको थियो। पौने ९ बज्दा त्यहाँको बस्तीमा डोजर चल्न सुरू भएको छ।
सातवटा भन्दा बढी डोजर त्यहाँ चलाएको छ । डोजरसँगै सुरक्षाकर्मी र महानगर प्रहरी बलको पनि बाक्लो उपस्थिति छ।
सुकुम्बासीहरूले बिहीबारदेखि घर टहराबाट सामान निकालिरहेका छन्। शुक्रबार बिहान पनि मानिसहरूले सामानहरू निकालेर सडक पेटी र खाली ठाउँमा राखेका छन् । वंशीघाटमा १९३ घर‍धुरी छ।
बस्ती खाली गरेर त्यहाँका सुकुम्बासीहरूलाई स्क्रिनिङका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जान भनिएको छ।
रंगशालामा स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा लगिने भनिएको छ।
त्यसैगरी, काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको छ। बिहान केहीबेर स्थानीयहरूलाई सामान सार्न दिएर साढे ८ बजेदेखि डोजर चलाउन थालेको हो। त्यस क्षेत्रमा ठूलो संख्यामा जनपद र सशस्त्र परिचालन गरिएको छ। डोजर चलिरहँदा केही मानिसहरू अझै सरसामान ओसारिरहेका छन्।
काठमाडौंको थापाथाली, मनोहरा र सिनामंगल क्षेत्रमा गत शुक्रबार डोजर चलाइएको थियो। ‍बाँकी रहेका बस्तीमा सरकारले आज डोजर चलाउँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...