७७ वटै जिल्लालाई गृहको परिपत्र: अतिक्रमित जग्गा पहिचान गर्नु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ वैशाख । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न पत्राचार गरेको छ। बुधबार गृहका शाखा अधिकृत कृष्ण देवकोटाका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाइएको हो।

उक्त परिपत्रमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी हटाउने योजना सम्बन्धित निकायबाट माग गरी गृहमा पठाउन भनिएको छ। त्यस्तै, मन्त्रालयले स्वीकृति दिएपछि हटाउने कार्यका लागि यथोचित सुरक्षा प्रबन्ध मिलाउन पनि भनेको छ।

‘उल्लिखित पत्र बमोजिम सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी यस मन्त्रालयमा पठाउनु हुन र मन्त्रालयको स्वीकृति पश्चात् अतिक्रमण हटाउने कार्यका लागि यथोचित सुरक्षा प्रबन्ध लगायत अन्य आवश्यक सहजीकरण गर्नुहुन मिति २०८३/०१/१६ (सचिवस्तर) को निर्णायानुसार अनुरोध छ,’ गृहको परिपत्रमा उल्लेख छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...