‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृति सार्वजनिक

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३१ वैशाख । वानीरा फाउन्डेसनले बुधबार काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०७ औं जयन्ती मनाउँदै नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृति सार्वजनिक गरेको छ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.केशव सुवेदीलगायतले कृतिको लोकार्पण गरेका हुन् ।
४२ वर्षअघि लेखक प्रसाईले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित रहेर प्रकाशन गरिएको कृति नइ एकेडेमीको १९३ औं कृति हो । कृति माथि बोल्दै त्रिपाठी, प्रा.सुवेदीले बृहत् समीक्षा गरेका थिए । प्रा.सुवेदीले विस्मृतिमा रहेका पूर्णप्रसाद ब्राह्मणलाई पुनर्थापित गर्न कृतिले सघाउने बताए । उनका अनुसार कृतिले पूर्णप्रसाद ब्राह्मणले साहित्यिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको चिरफार गरेको छ ।
सो अवसरमा डा.त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा.नुरापति पोखरेललाई सम्मान गरे ।
समारोहमा फाउन्डेसनका अध्यक्ष प्रसाई, कवेरी जोशी, दिनेश शर्मा, ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’कृतिका लेखक तथा फाउन्डेसनका सदस्यसचिव प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतलगायतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे परिचर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट...

सुनको भाउ २० हजार ५ सय बढ्यो

काठमाडौं, १७ जेठ । केही दिनयता ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी...

हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ...

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं, १६ जेठ । स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय संकट गहिरिँदै जाँदा आज (शनिबार) देखि निजी अस्पतालमा आकस्मिक सेवाबाहेक...