खैरो हेरोईन २७५ ग्राम र पेस्तोल सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० वैशाख । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले लागूऔषध खैरो हेरोईन २७५ ग्राम र पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका-५ बाट सोहीस्थानका २६ वर्षीय अजिजुल रहमान खाँ छन् ।

ब्यूरोका सह-प्रवक्ता डीएसपी जीवन निरौलाका अनुसार उनको साथबाट लागुऔषध खैरो हेरोईन २७५ ग्राम, डिजिटल तराजु थान-१, पेस्तोल वस्तु थान-१, गोली २ राउण्ड, विभिन्न बैंकको चेक थान-१३, गाडी थान-२, मोटरसाइकल थान-३ तथा सुनका गरगहना बरामद भएको छ । उनी विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको डिएसपी निरौलाले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...