प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने सरकारको निर्णय

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० वैशाख । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रष्ठिानको सबै जग्गा पूर्ववत् रुपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताएका छन् । मन्त्रिपरिषद्को २१ भदौ २०७५ को निर्णय बमोजिम प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई प्रदान गर्ने निर्णय भएको थियो ।

बिहीबार बसेको मन्त्री परिषद् बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन  परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्तिसम्बन्धी वार्ता, सम्झौतापत्र एवं दस्तावेज तयारी तथा त्यसमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोली गठन गरेको छ ।
साथै बैठकले सरकारी निकायमा भएका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल पनि गठन  गरेको  छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...