दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु 

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २६ चैत । नयाँवर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव-०८२/८३’ आजबाट सुरु भएको छ ।औद्योगिक शान्ति नेपाल संस्थाले बिहीबारबाट भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० वटा बिभिन्न स्टलहरु रहेको सथाका अध्यक्ष सन्दीप महतले जानकारी दिए। उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गरेको उनले बताए।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रर्दशनी एवं बिक्रीका लागि राखिएको उनले बताए । औधोगिक उत्पादनको प्रर्दशनी, हस्तकलाका प्रदर्शनी, काष्टठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, प्रबिधि सम्बन्धी गतिबिधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं बिक्रीका लागि राखिएको उनले बताए ।

स्थानीय उत्पादनलाई बजार प्रबद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिभिन्न सामानहरु एकै थलोमा सुपथ मुल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र साँस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको जानकारी दिए। महोत्सवको संयोजक दीपक थापाले करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन एवं अवलोकन गर्ने ल्यका साथ आयोजना गरेको महोत्सवमा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको जानकारी दिए । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्ने बताउदै महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएकोे बताए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ देखि दैनिक राष्ट्रियस्तरका चर्चित गायकगायिकाका. सांगीतिक प्रस्तुती रहने छ । उत्कृष्ठ बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको खेलौना, बिभिन्न प्रकारका खाना महोत्सव रहनेछ । दैनिक रुपमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतसहितको सांगीतिक प्रस्तुती,  हाँस्य व्यङ्ग्य फेशन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाउने अध्यक्ष महत बताउँछन्। महोत्सव बैशाख ६ गते सम्पन्न हुनेछ । मेला बिहानबाट सुरु भएपनि उद्घाटन भने बिहीबार दिउँसो ४ बजे बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाबाट हुने भएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,२७ कात्तिक । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल...

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...