पाटनमा चक्कु प्रहार गरी दुई युवकको हत्या, दुई जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २६ चैत । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार साँझ चक्कु प्रहार गरी दुई युवकको हत्या भएको छ । प्रहरीका अनुसार चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते दुवैको उपचारको क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।

उनीहरूलाई चक्कु प्रहार गर्ने सञ्जीव नेपाली भएको ललितपुर प्रहारीले जनाएको छ । नेपालीसहित चक्कु प्रहारमा संलग्न अर्का एक जनालाई समेत प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा  अपरिचित सञ्जीवको मोबाइलमा पर्यो । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भयो । फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन आउन बोलाएको र  इमाडोल बस्ने दाजुभाइ पाटन आएका थिए। सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...