वैशाख ११ देखि विद्यार्थी भर्ना अभियान र १५ गतेदेखि नियमित पठनपाठन सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० वैशाख । काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गरेका छन्। उपत्यका मेयर्स फोरमको सोमबार बसेको बैठकले वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाका सबै पालिकालाई सोहीअनुसारको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार भर्ना अभियान वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि सुरु गर्ने सूचना जारी गरिएको थियो। तर शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ देखि नै सुरु हुने व्यवस्था र संविधानले स्थानीय तहलाई शिक्षासम्बन्धी अधिकार दिएको आधारमा संघीय निर्णयले अन्यौलता सिर्जना गरेको निष्कर्ष निकाल्दै स्थानीय तहहरूले आफ्नै तालिका अघि सारेका हुन्।
मेयर्स फोरमले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालय सञ्चालन, व्यवस्थापन र नियमनको अधिकार स्थानीय तहको भएकाले शैक्षिक गतिविधिमा निरन्तरता दिन यो निर्णय गरिएको स्पष्ट पारेको छ।

साथै सर्वोच्च अदालतको हालैको अन्तरिम आदेशलाई समेत ध्यानमा राख्दै शैक्षिक एकरूपता कायम गर्न पहल गरिएको जनाइएको छ। शिक्षक संगठन, विद्यालय संघसंस्था तथा अभिभावकहरूको सुझावका आधारमा विद्यार्थीको सिकाइमा असर नपरोस् भनेर वैशाख १५ देखि नियमित कक्षा सञ्चालन उपयुक्त हुने निष्कर्ष फोरमले निकालेको हो। यसैबीच, मुलुकमा देखिएको इन्धन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै मेयर्स फोरमले विद्यालयहरूलाई वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ। इन्धन संकट बढेमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षासहित वैकल्पिक शिक्षण प्रणाली तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...