शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो ।
आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा दुश्मन हेरेको हेरै…..लगायतका दर्जनौ चर्चित गीत गाएका दुर्गेश थापाको प्रस्तुति रहने भएको छ । त्यसैगरी कन्सटमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।

अध्यक्ष महतका अनुसार, दुर्गश र प्रमोद खरेलले पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडि एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलव्ध हुन लागेको अध्यक्ष महतले बताए । कन्सर्टमा खरेलले झ्यालबाट हेर…. लगायतका चर्चित गीत सुन्न सकिने छ ।
कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ । विगत १२ वर्षदेखि आयोजना हुंदै आएको दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिव एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।
त्यसैगरी, महोत्सवमा राष्ट्रियस्तरका दुई दर्जन कलाकारले सांगीतिक प्रस्तुती दिइसेको मेलाका निर्देशक शुनिल बज्राचार्यले बताए । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर चैत्र २६ गतेदेखि सञ्चालित मेला वैशाख ७ गतेसम्म सञ्चालन हुने बताउँदै मेलाका संयोजक दीपक थापाले महोत्सवका क्रममा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतकका स्टलबाट १५ देखि ५० प्रतिशत छुटमा बिक्री बितरणको व्यवस्था मिलाइएको बताए ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने १०० रुपैयाँको टिकट लाग्ने संयोजक थापाले बताए । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...