काठमाडौं, ३ चैत । हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा प्रहरीले १ करोड १६ लाख रूपैयाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-८ भीमढुंगाबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा भीमढुंगाकै २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल छन्। उनीहरूले अभौतिक मुद्राको कारोबार गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीले तीन वटा चेकबुक, २७ लाख ३० हजार रुपैयाँका तीन वटा चेक, चार वटा एटिएम, एउटा नागरिकता, दुई वटा चार पांग्रे, एउटा दुई पांग्रे, तीन वटा सवारी किताब, ६ वटा मोबाइल, ३१ वटा सिम, एउटा कम्प्युटर र ७ हजार १७५ युएसडिटी क्रिप्टो करेन्सी बाइनान्स देखिएको हो।




