११ वर्ष कैद भुक्तान गरी छुट्ने बित्तिकै पुन: चोरीको गहना सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, ७ चैत । डाँका चोरी मुद्दामा ११ वर्ष कैद भुक्तान गरि छुट्ने बित्तिकै पुन: चोरी गर्ने व्यक्ति चोरीको गहना सहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घरभई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३२ वर्षीय प्रेम लामा र दोलखा भिमेश्वर नगरपालिका-२ नागदह घरभई काठमाडौं कागेश्वरी मनोहरा-९ भिएस प्लानिङ बस्ने ३२ वर्षीय सजन कुमार श्रेष्ठ छन् । उनीहरु मध्ये प्रेम लामाले <span;>पटक पटक गरी ११ वर्ष कैद भुक्तान गरि सकेको प्रहरीले जनाएको छ ।
चैत ३ गते ललितपुर, महालक्ष्मी नगरपालिका-६ सिद्धिपुर स्थित कृष्ण प्रसाद श्रेष्ठको घरबाट सुनचादीँ चोरी भएको सुचनाको आधारमा उपत्यका अपराध महाशाखा, प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत सातदोबाटोको संयुक्त टोलीले अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले चोरी भएको गरगहना बरामद गरेको र अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान थालेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...