हेरिटेज नेपाल न्यूज

मदन भण्डारी प्रतिष्ठानको भवन निर्माण सुरु, ८ करोड ६१ लाख लागतमा असारभित्र सम्पन्न गर्ने लक्ष्य

Date:

Share post:

Changunarayan Nagarpalika

मकवानपुर, २९ फागुन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित र स्थायी संरचनाबाट सञ्चालन गर्ने उद्देश्यले हेटौंडामा प्रिफ्याक भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ।
हेटौंडा उपमहानगरपालिका-१० टिसियन क्षेत्रमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण कार्य अघि बढाइएको हो। प्रतिष्ठानको शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्ने उद्देश्यले निर्माण थालिएको यस भवनको कुल लागत ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ रहेको बताइएको छ। उक्त भवनको शिलान्याश गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले भवन निर्माणको काम तोकिएकै समयमा सक्न र सरकारबाट बोनस समेत लिनका लागि निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको भन्दै भवन निर्माणसँगै शैक्षिक कार्यक्रम थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रदेशमै स्वास्थ्य क्षेत्रको उच्च शिक्षाको केन्द्रका रूपमा प्रतिष्ठानलाई विकास गर्ने लक्ष्यका साथ सरकारले आवश्यक पूर्वाधार निर्माणमा प्राथमिकता दिएको मन्त्री थापा मगर बताउँछन्।
निर्माण हुने प्रिफ्याक भवन आधुनिक संरचनासहित तयार पारिने योजना रहेको छ। भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायतका आवश्यक पूर्वाधार समावेश गरिने जनाइएको छ। प्राविधिक रूपमा तयार पारिने यस संरचनाले स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ। हाल प्रतिष्ठानले आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्न भाडामा लिइएका कोठा प्रयोग गर्नुपरेको अवस्था छ। स्थायी भवनको अभावका कारण शैक्षिक गतिविधि सञ्चालनमा केही असहजता रहँदै आएको थियो। तर नयाँ प्रिफ्याक भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुने बताइएको छ।
निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार भवन निर्माणको काम आगामी असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्धारित समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको र प्रदेश सरकारका सम्बन्धित निकायहरूले नियमित अनुगमन गर्ने जनाएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानलाई प्रदेशस्तरको प्रमुख स्वास्थ्य शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना बागमती प्रदेश सरकारले अघि सारेको छ।

प्रदेश सरकारले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा दुवै क्षेत्रमा सुधार ल्याउने उद्देश्यले प्रतिष्ठानको भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। सोही योजनाअनुसार हेटौंडामा सुरु भएको प्रिफ्याक भवन निर्माणलाई प्रतिष्ठानको दीर्घकालीन विकासको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। भवन निर्माण सम्पन्न भएपछि प्रतिष्ठानका कक्षा सञ्चालन, तालिम कार्यक्रम, शैक्षिक व्यवस्थापन तथा प्रशासनिक कामकाज एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। यसले हेटौंडालाई बागमती प्रदेशको स्वास्थ्य शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने मन्त्री थापा मगरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल...

निर्वाचनमा ३५० बालअधिकार उल्लंघनका घटनन

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि...

खैरो हेरोईन १३७.४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जना पक्राउ

काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र...

११ वर्ष कैद भुक्तान गरी छुट्ने बित्तिकै पुन: चोरीको गहना सहित पक्राउ

ललितपुर, ७ चैत । डाँका चोरी मुद्दामा ११ वर्ष कैद भुक्तान गरि छुट्ने बित्तिकै पुन: चोरी गर्ने व्यक्ति...