राहदानी वितरण तीन सातासम्म बन्द हुन सक्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ फागुन । राहदानी विभागले राहदानी वितरण तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ। नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरूद्ध हुनसक्ने विभागले सूचना जारी गरी जानकारी गराएको हो।
अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने बताउँदै विभागले उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने जनाएको हो।
विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एक हप्तासम्म बन्द हुन सक्नेछ।
नयाँ प्रणालीमा स्थिरताका लागि एक देखि तीन महिनासम्म लाग्ने पनि विभागले जनाएको छ। त्यसो हुँदा अन्तरिम अवधिमा जिल्ला/ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन अहिलेको भन्दा बढी समय लाग्न विभागले जानकारी दिएको छ।
त्यसकारण असोजभित्र राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरू हुनु अघि नै सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेका छन्। साथै नयाँ प्रणाली शुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचना मार्फत जानकारी गराइने समेत जनाइएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...