काठमाडौं, २० फागुन । बुधबार सुनको भाउ तोलामै ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार भने सुनको भाउ ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि २७५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको भाउ ५ हजार ५ सय ४० कायम भएको छ ।




