इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ फागुन । परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित अवस्थालाई नजिकबाट नियालि रहेको भन्दै इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध गर्दै ६ बुँदे निर्देशन जारी गरेको छ ।
इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाह तथा निर्देशन कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ ।
इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ ।

काठमाडौंस्थित मन्त्रालय, तेल अविभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकले दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न मन्त्रालयले आग्रह गरेको हो ।
मध्यपूर्वका अन्य देशहरूमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकले पनि त्यहाँका सम्बन्धित निकायहरूले सुझाएका सावधानीका उपाय पालना  गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...