जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ७ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ५ फागुन । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेहरुमा रसुवा उत्तरगया गाउँपालिका-१ घरभई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बन्चरेटार चोक बस्ने ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ (डाँका चोरी मुद्दा), लमजुङ दूधपोखरी गाउँपालिका-४ घरभइ काठमाडौं कलंकी बस्ने २० वर्षीय प्रितम गुरुङ (चोरी मुद्दा), कञ्चनपुर पुनर्वास नगरपालिका घरभइ काठमाडौं सुन्धारा बस्ने-२३ वर्षीय बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा), काभ्रेपलान्चोक, ठाँटि चापखोरीका २२ वर्षीय विक्रम नेपाली (नकवजनि चोरी मुद्दा), दोलखा मेलुङ गाउँपालिका-२ का २७ वर्षीय भुवन तामाङ (लागु औषध मुद्दा), सिन्धुली फिक्कल गाउँपालिका-३ का २० वर्षीय अनिस मगर (ज्यान मार्ने उद्योग मुद्दा) र भारतीय नागरिक २६ वर्षीय रोसन साह (लागु औषध मुद्दा) छन् । उनीहरूलाई कारागार कार्यालयमा बुझाएको जनाएको छ।

भदौ २३ गते काठमाडौंसहित देशभरि जेनजी आन्दोलन भएको थियो। भदौ २४ गते देशका विभिन्न कारागारहरूमा पनि तोडफोड आगजनी भएको थियो। सोही क्रममा उनीहरू फरार भएका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...