प्रतिनिधिसभा निर्वाचन : मतपत्र छपाई अन्तिम चरणमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र सोमबार दिनभरमा छपाइ सकिने जनाएको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ सोमबार सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र साँझसम्म सम्पन्न हुने बताए । ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी पाँच लाख मतपत्र छपाइ दिनभरमा सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं आज ४० दिनमै सकिँदैछ,’ उनले भने, ‘छपाइ सम्पन्न पछि भोलिसम्ममा  सबै मतपत्र प्याकिङ सके बाँकी जिल्लामा ढुवानी हुनेछ ।’

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमुना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...