निर्वाचन प्रचारका लागि १५ दिने समयसीमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले आसन्न निर्वाचन प्रचारका लागि १५ दिने समयसीमा तोकेको छ । आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार-प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो ।
आयोगका अनुसार २०८२ फागुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि सुरु हुने यो प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनका अनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

‘मतदान हुने दिन भन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री वा प्रचारप्रसार गर्न सकिने व्यवस्था रहेको हुँदा फागुन ३ गते राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म राजनीति दल तथा उमेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘निर्वाचनको निष्ठतालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचारप्रसार गर्नुहुनेछ भन्नेमा आयोग विश्वस्त रहेको छ ।’
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरु परिचालन गरिरहेको उनले जनाए । ‘आयोग चाहन्छ, राजनीति दल तथा उमेदवारहरुलाई आचारसंहिता उल्लंघन भयो भनेर मात्र पत्र काटेर स्पष्टीकरण सोध्ने कानुनी कारबाहीका लागि अघि बढ्नुपर्ने अवस्था नै नआओस्,’ उनले भने, ‘निर्वाचन आचारसंहिता राजनीति दल एवं सरोकारवाला पक्षहरुसँग व्यापक विचार विमर्श गरेर उहाँहरुकै मञ्जुरीमा तर्जुमा गरिएको दस्तावेज हो ।’ सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनैपनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...